Kathmandu Metropolitan City-26, Mitranagar 985-1107198 hoteltourismassociation@gmail.com

समाचार

26 Apr, 2026
होटल व्यवसायी महासंघको अध्यक्षमा तुल्सीराम भण्डारी ‘शंकर’ निर्वाचित

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशनले तुल्सीराम भण्डारी ‘शंकर’को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन  गरेको छ। । चैत २७ र २८ गते पोखरा मा सम्पन्न महाधिवेशनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। भण्डारी यसअघि महासंघका महासचिवका रूपमा कार्यरत थिए।
महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, उपाध्यक्ष शैलेस कार्कि , प्रशासन उपाध्यक्षमा ज्ञानु गजमेर, महासचिवमा राजेश मलोत्रा, उपमहासचिवमा मित्र ढकाल, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ तथा सहकोषाध्यक्षमा लक्ष्मण भण्डारी निर्वाचित भएका छन्। त्यस्तै प्रशासन सचिवमा रमेश बराल चयन भएका छन् भने सदस्यहरूमा बिष्णु प्रसाद धिमिरे, शैलेन्द्र विक्रम थापा, ऋषि चौलागाईं, तिलक चापागाईं, रेनुका याक्सो लिम्बु लगायत निर्वाचित भएका छन्।
गण्डकी प्रदेशको राजधानी पोखरा मा भव्य रूपमा सम्पन्न महाधिवेशनले ६७ सदस्यीय कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्व चयनसँगै महासंघले होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित नेतृत्वलाई जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले बधाई तथा शुभकामना व्यक्त गर्दै युवा जोश, जागर र समयअनुकूल सोचसहितको सक्षम टोलीले पर्यटन तथा होटल व्यवसाय क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।
उनले भने, पर्यटन क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको विकास, प्रवर्द्धन र व्यवस्थापनमा नयाँ नेतृत्वको भूमिका थप जिम्मेवार रहने देखिन्छ। नीतिगत सुधार, गुणस्तरीय सेवा विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा प्रभावकारी पहल गर्नुपर्ने दायित्व अहिलेको नेतृत्वमाथि आएको छ। नयाँ कार्यसमितिले समन्वय, नवप्रवर्तन र व्यवसायिक हितलाई केन्द्रमा राख्दै अघि बढेमा समग्र होटल तथा पर्यटन क्षेत्र अझ सुदृढ र उन्नत हुने विश्वास लिएको बताए।

पुरा पढ्नुहोस्
दामाेदर नेपाल 23 Apr, 2026
समग्र हाेटल व्यवसायीका सराेकारका विषयहरू

समग्र हाेटल व्यवसायीका सराेकारका विषयहरू उजागर गरिदिनु भएकाेमा हाेटल व्यवसायी महासंघ नेपालका अध्यक्ष श्री टि.आर. भण्डारी (शंकर) ज्यूलाइ धन्यवाद ज्ञापन गर्दछाैँ ।

दामाेदर नेपाल

अध्यक्ष

हाेटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेश

https://www.youtube.com/watch?v=htNZS9QSXhw
पुरा पढ्नुहोस्
यात्री र पर्यटनमैत्री सन्तुलित यातायात सेवा निती आवश्यक : अध्यक्ष बराल

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्कबाट एकीकृत रूपमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने निर्णयप्रति जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले आपत्ति जनाएका छन्। उनले यात्री र पर्यटनमैत्री सन्तुलित यातायात नीति आवश्यक रहेको बताए ।

बरालले उक्त निर्णयले यात्रु, होटल व्यवसाय तथा समग्र पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पार्ने बताएका छन्। उनका अनुसार हालको विकेन्द्रित यातायात व्यवस्थाले यात्रु चाप सन्तुलित बनाइरहेको अवस्थामा सबै सेवा एकै स्थानमा केन्द्रित गर्दा सेवा प्रवाहमा समस्या आउन सक्ने देखिन्छ।

अध्यक्ष बरालका अनुसार यसअघि काठमाडौँ उपत्यकाका कोटेश्वर, बसपार्क, बाल्खु, सातदोबाटो, टोखा, माछापोखरी लगायतका विभिन्न स्थानबाट बस सेवा सञ्चालन हुँदा यात्रु चाप छरिएर व्यवस्थापन सहज बनेको थियो। अहिले सबै सेवा नयाँ बसपार्कमै केन्द्रित गर्दा यात्रुहरूको अत्यधिक भीड बढ्छ, जसलाई व्यवस्थापन गर्न कठिन हुन्छ, उनले भने।

नयाँ बसपार्कको हालको अवस्था, सीमित क्षमता र पूर्वाधारले यति ठूलो चाप धान्न नसक्ने स्पष्ट पारे। पर्याप्त पार्किङ, प्रतिक्षालय, सरसफाइ र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार नगरी सबै सेवा एकै ठाउँमा केन्द्रित गर्नु व्यवहारिक हुँदैन, बरालको भनाइ छ।

बरालका अनुसार लामो दूरीका यात्रु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आएकाहरु बस मार्फत यात्रा गर्नेहरूका लागि लगेज व्यवस्थापन झनै चुनौतीपूर्ण बन्नेछ। यात्रुहरूले आफ्नो बस समात्न कै लागी शहर पार गरेर बसपार्क पुग्नुपर्ने हुन्छ, जसले समय र खर्च दुवै बढाउँछ,” उनले बताए।

उनले पर्यटकहरूको व्यवहारतर्फ संकेत गर्दै भने, पर्यटकहरू प्रायः आफू बसेकै स्थान वरिपरि घुमफिर गर्न र त्यहीँबाट यात्रा सुरु गर्न रुचाउँछन्। सबैलाई एकै स्थानमा आउन बाध्य पार्दा उनीहरूको आवागमनमा असहजता आउँछ। यसले पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्र जस्ता प्रमुख गन्तव्यमा जाने पर्यटकहरूको सहजतामा असर पर्ने उनको भनाइ छ।

बरालले थपे, हाल काठमाडौंमा धेरैजसो होटलहरू विमानस्थल आसपास क्षेत्रमा केन्द्रित छन्। एकातिर विमानस्थलको नजिक हुनु र अर्कोतर्फ पशुपतिनाथ क्षेत्रको आकर्षणका कारण यहाँ भारतीय पर्यटकको आगमन उच्च हुन्छ। विशेषगरी विमानस्थल आसपासका होटल व्यवसायहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने अन्तर्राष्ट्रिय तथा भारतीय पर्यटकहरू गौशाला, तिलगंगा, बौद्ध तथा आसपासका क्षेत्रमा बसोबास गर्ने भएकाले त्यहाँको होटल व्यवसाय र बजारमा यात्रु घट्ने उनले बताए।

भक्तपुर क्षेत्रबाट पुर्व पश्चिम  आउने जाने यात्रु तथा एयरपोर्ट एरियाबाट बाहिरीने यात्रुहरूको सुविधालाई समेत ध्यान दिनुपर्ने बताए। यस्ता यात्रुहरूलाई सीधै आफ्नो स्थानबाट सेवा उपलब्ध हुँदा सहज हुन्छ, तर सबैलाई नयाँ बसपार्कमा केन्द्रित गर्दा अनावश्यक झन्झट थपिन्छ, उनले भने।

त्यस्तै, बसपार्क क्षेत्रमा गाइडका नाममा यात्रीलाई हुने हैरानी र सास्ती नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए। यात्रुहरूलाई गलत सूचना दिई वा अनावश्यक रूपमा पैसा असुल्ने गतिविधि नियन्त्रण नगरी सेवा केन्द्रित गर्दा थप समस्या निम्तिन सक्छ, बरालले बताए।

पूर्व–पश्चिम लामो दूरीका यात्रुहरूको सन्दर्भमा उनले भने, अहिले विभिन्न स्थानबाट बस चढ्ने सुविधा हुँदा यात्रुहरूलाई सहज छ। तर नयाँ बसपार्क मै बस सेवा हुने नियमले समय र खर्च बढ्ने अवस्था आउँछ।

उनका अनुसार हालको विकेन्द्रित यातायात प्रणालीले यात्रु चाप सन्तुलित बनाइरहेको छ। यसलाई पूर्ण रूपमा केन्द्रीकरण गर्दा कता – कता असहज भएको बताए।

अन्त्यमा बरालले महानगरपालिकालाई निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै भने,  यात्री, पर्यटन र व्यवसाय सबैलाई ध्यानमा राखेर व्यवहारिक, सन्तुलित र सेवा मैत्री यातायात व्यवस्था लागू गर्नु पर्ने उनको भनाई छ ।

पुरा पढ्नुहोस्
चन्द्रसूर्य वाणी चन्द्रसूर्य वाणी २०८३ बैशाख ८ गते, मंगलवार २०:२९
पर्यटनमैत्री बस सेवा सञ्चालनको माग, होटल व्यवसायीले उठाए सन्तुलित नीतिको सवाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र एकीकृत रूपमा यात्रुवाहक सवारी सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेसँगै यसको प्रभावबारे सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले उक्त निर्णयप्रति असहमति जनाउँदै यात्रु र पर्यटनमैत्री सन्तुलित यातायात नीति आवश्यक रहेको बताएका छन्।

बरालका अनुसार हाल उपत्यकाका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएको विकेन्द्रित यातायात व्यवस्थाले यात्रु चापलाई सन्तुलित बनाइरहेको अवस्थामा सबै सेवा एकै स्थानमा सीमित गर्ने निर्णय व्यवहारिक नदेखिएको बताए। कोटेश्वर, बाल्खु, सातदोबाटो, टोखा र माछापोखरीजस्ता स्थानबाट छुट्ने सवारी साधनले यात्रु व्यवस्थापन सहज बनाउँदै आएको उल्लेख गर्दै उनले अब सम्पूर्ण सेवा नयाँ बसपार्कमा केन्द्रित हुँदा अत्यधिक भीडभाड र व्यवस्थापन चुनौती थपिने तर्क गरे।

उनले नयाँ बसपार्कको विद्यमान पूर्वाधारले बढ्दो चाप धान्न नसक्ने दाबी गर्दै पार्किङ, प्रतिक्षालय, सरसफाइ र सुरक्षा जस्ता आधारभूत पक्ष सुदृढ नगरी सेवा केन्द्रीकरण गर्नु हतारो निर्णय हुने बताए। विशेषगरी लामो दूरीका यात्रु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्नेहरूका लागि लगेज व्यवस्थापन र पहुँच दुबै जटिल बन्ने उनको भनाइ छ। यात्रुहरूले बस चढ्नकै लागि शहर पार गर्नुपर्ने अवस्था सिर्जना हुँदा समय र खर्च दुबै बढ्ने उनले उल्लेख गरे।

पर्यटन क्षेत्रतर्फ संकेत गर्दै बरालले विदेशी पर्यटकहरू प्रायः आफू बसेकै स्थान नजिकबाट यात्रा सुरु गर्न रुचाउने भएकाले सबैलाई एकै ठाउँमा केन्द्रित गर्दा उनीहरूको आवागमन असहज बन्ने बताए। यसले पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रजस्ता प्रमुख पर्यटकीय गन्तव्यमा जाने आगन्तुकहरूको सहजतामा समेत असर पार्न सक्ने उनको तर्क छ।

विमानस्थल आसपास केन्द्रित होटल व्यवसायमा यस निर्णयले प्रत्यक्ष प्रभाव पार्ने संकेत गर्दै उनले गौशाला, तिलगंगा र बौद्ध क्षेत्रका होटल तथा स्थानीय बजारमा यात्रु आवागमन घट्ने सम्भावना औंल्याए। विशेषगरी भारतीय पर्यटकको आवागमन उच्च रहने यी क्षेत्रमा सेवा पहुँच घट्दा व्यवसायिक गतिविधि प्रभावित हुन सक्ने उनको भनाइ छ।

बरालले बसपार्क क्षेत्रमा गाइडको नाममा यात्रु ठगी तथा अनावश्यक हैरानीका घटनाहरू नियन्त्रण नगरी सेवा केन्द्रीकरण गरिनु थप समस्या निम्त्याउनेतर्फ पनि ध्यानाकर्षण गराए। पूर्व–पश्चिम लामो दूरीका यात्रुका लागि हाल उपलब्ध सहज विकल्प हटाउँदा झन्झट बढ्ने उनको निष्कर्ष छ।

अन्त्यमा उनले महानगरपालिकालाई निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै यात्रु सुविधा, पर्यटन प्रवर्द्धन र व्यवसायिक हितलाई समेट्ने गरी सन्तुलित, व्यवहारिक र सेवा–मैत्री यातायात व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए।

पुरा पढ्नुहोस्
Hatan Bagmati
हाेटल व्यवसायी महासंघ नेपालकाे पाेखरामा ५ औँ अधिवेशन सम्पन्न

हाेटल व्यवसायी महासंघ नेपालकाे पाेखरामा सम्पन्न ५ औँ अधिवेशनबाट बागमती प्रदेशकाे प्रतिनिधित्व गर्दै निर्विराेध निर्वाचित हुनु भएका अध्यक्ष लगायत सिंगाे टिमलाइ हार्दिक बधाइ एवं कार्यकाल पूर्ण सफलताकाे हार्दिक शुभकामना....!

पुरा पढ्नुहोस्
वैदेशिक राेजगार खबर २०८३ वैशाख ५ शनिवार २०:३१
जिल्ला होटल व्यवसायी संघ काठमाडौं र फुड एण्ड ट्रेडिङ हाउसबीच खाद्यसामग्री आपूर्ति सम्झौता सम्पन्न

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौं र फुड एण्ड ट्रेडिङ हाउस बीच होटल व्यवसायीलाई आवश्यक खाद्य तथा उपभोग्य सामग्री सहज, सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले खाद्यसामग्री आपूर्ति सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका तर्फबाट अध्यक्ष सुरेश बराल तथा फुड एण्ड ट्रेडिङ हाउसका तर्फबाट अजित जंग थापा, सिनियर सेल्स म्यानेजरले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार फुड एण्ड ट्रेडिङ हाउसले संघमा आबद्ध होटल व्यवसायीलाई आफ्नै मिलमा उत्पादित विभिन्न ब्राण्डका लोकल चामल तथा किचनमा आवश्यक पर्ने सम्पूर्ण गुणस्तरीय खाद्य सामग्री होटलमै सहज र सुलभ मूल्यमा उपलब्ध गर्नेछ।

त्यस्तै, सीजी ग्रुप द्वारा उत्पादित होटल व्यवसायका लागि आवश्यक अन्य सामग्रीसमेत उपलब्ध गर्नु पर्ने छ भने आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा उत्पादनको सूची तथा मूल्यमा थपघट वा परिमार्जन गर्न सकिने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।

यस सम्झौताबाट जिल्ला होटल व्यवसायी संघ काठमाडौंमा आबद्ध होटलहरूलाई आवश्यक सामग्री खरिद–बिक्रीमा समन्वय र सहजीकरण हुने अपेक्षा गरिएको छ। साथै, गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराई आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष बरालले बताए ।

सम्झौताअनुसार आपूर्तिकर्ताले आवश्यक सामग्री समयमै उपलब्ध गराउनुका साथै गुणस्तर, अर्गानिकता र शुद्धतामा सतप्रतिशत प्रतिबद्धता जनाउनुका साथै, आगामी दिनमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरूमा समेत सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ।

अध्यक्ष बरालले यस सम्झौताले होटल व्यवसायीलाई आवश्यक वस्तु एकद्वार प्रणालीमार्फत सहज मूल्यमा र गुणस्तरीय रूपमा उपलब्ध हुने विश्वास व्यक्त गर्दै होटल व्यवसायीले शुद्ध र भरपर्दो सामग्री पाउने सुनिश्चितताका लागि सम्झौता गरिएको उनले बताए ।

पुरा पढ्नुहोस्
वैदेशिक राेजगार खबर २०८३ वैशाख ३ बिहीवार १०:१०
रात्रिकालीन बस सेवाले होटल व्यवसाय र पर्यटन क्षेत्रमा नयाँ आशा जगायो : अध्यक्ष बराल

काठमाडौं । काठमाडौंमा सुरु गरिएको रात्रिकालीन बस सेवाले पर्यटन तथा होटल व्यवसाय क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको भन्दै जिल्ला होटल संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले यसलाई श्रमिक, व्यवसायी र सर्वसाधारण सबैका लागि उपयोगी कदमका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार रातिको समयमा सार्वजनिक यातायातको अभाव हुँदा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत धेरै कर्मचारी घर फर्किन कठिनाइ भोग्दै आएका थिए। रात्रिकालीन बस सेवा सञ्चालनमा आएपछि अब राति अबेरसम्म काम गर्ने कर्मचारी सुरक्षित र सहज रूपमा घर फर्किन सक्ने वातावरण बनेको छ, जसले होटल व्यवसाय सञ्चालनमा समेत सहजता ल्याएको उनले बताए।

अध्यक्ष बरालले रात्रिकालीन यातायात सेवा पर्यटन उद्योगको आवश्यकता भएको उल्लेख गर्दै यसले पर्यटकको आवतजावतलाई समेत सहज बनाउने बताए। “काठमाडौं पर्यटकीय सहर हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटक रातिको समयमा पनि विभिन्न स्थानमा आवतजावत गर्छन्। यस्तो अवस्थामा रात्रिकालीन बस सेवा सुरु हुनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक कदम हो,” उनले भने।

साझा यातायातको यो सुविधा विस्तार भएसँगै रात्रिकालीन व्यवसाय, होटल, रेष्टुरेन्ट तथा अन्य सेवा क्षेत्रको गतिविधि बढ्नेछ, जसले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ। श्रमिकहरू सुरक्षित रूपमा घर फर्किन पाउनु व्यवसायीका लागि पनि राहतको विषय भएको उनले बताए।

बरालका अनुसार रात्रिकालीन बस सेवा सुरु हुनु स्वागतयोग्य भए पनि यसलाई अझ प्रभावकारी बनाउन सरकारी नीतिमा थप सुधार आवश्यक छ। हाल ठमेल क्षेत्रमा मात्र राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था रहेकाले पर्यटन तथा होटल व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ।

“रात्रिकालीन बस सेवा जस्तै होटल व्यवसाय सञ्चालनसम्बन्धी नीति पनि समयअनुकूल बनाउन सकियो भने होटल तथा पर्यटन क्षेत्रले थप गति लिन सक्छ,” उनले भने, “होटल व्यवसाय २४ घण्टा सञ्चालन हुन सके पर्यटकलाई सेवा दिन सहज हुन्छ, रोजगारी बढ्छ र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्छ।”

उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि यातायात, सुरक्षा र व्यवसायमैत्री नीति एकसाथ अघि बढ्नुपर्नेमा जोड दिए। होटल व्यवसायीहरू गुणस्तरीय सेवा र आतिथ्यमार्फत पर्यटन प्रवर्द्धनमा योगदान दिन तयार रहेको उल्लेख गर्दै उनले सरकारले पूर्वाधार विकास र नीतिगत सहजीकरणमा ध्यान दिनुपर्ने बताए।

अध्यक्ष बरालका अनुसार रात्रिकालीन बस सेवा राजधानीको रात्रिकालीन अर्थतन्त्र विस्तार गर्ने महत्वपूर्ण सुरुवात हो। यदि यस्तो सेवासँगै व्यवसाय सञ्चालनमा सहजता र पर्याप्त सुरक्षा व्यवस्था सुनिश्चित गरियो भने काठमाडौंको पर्यटन तथा होटल व्यवसाय क्षेत्रले नयाँ गति लिने विश्वास गर्न सकिन्छ।

पुरा पढ्नुहोस्
वैदेशिक राेजगार खबर 26 Mar, 2026
होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग
image

काठमाडौं । पर्यटन क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र वातावरणमैत्री बनाउन होटल वर्गीकरणसम्बन्धी विद्यमान मापदण्ड संशोधन गर्न सरकार अग्रसर भएको छ।

पर्यटन विभागले ‘होटल, रिसोर्ट, पर्यटक इन, लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट’हरुको होटल वर्गीकरण मापदण्ड, २०७६ (संशोधन २०७७ सहित) लाई समयानुकूल परिमार्जन गर्ने तयारी गरेको छ ।

विभागका अनुसार बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकता अनुरूप ‘ग्रीन हस्पिटालिटी’अवधारणालाई समेटेर नयाँ मापदण्ड तर्जुमा गर्न लागिएको हो ।

यसका लागि सरोकारवालाहरू—विज्ञ, व्यवसायी, प्राज्ञिक वर्ग, सञ्चारकर्मी तथा पर्यटन क्षेत्रका सबै पक्षबाट राय तथा सुझाव माग गरिएको छ । सुझावहरू १५ दिनभित्र विभागको इमेल  मा पठाउन सकिनेछ ।

सुझावका मुख्य क्षेत्रहरूमा हालको मापदण्डमा सुधार आवश्यक पक्ष, हरित आतिथ्य ‘ग्रीन हस्पिटालिटी’ का सूचकहरू, तथा होटलको भौतिक पूर्वाधार र सेवा गुणस्तरको वर्गीकरण समावेश गरिएको छ ।

पुरा पढ्नुहोस्
Damodar Nepal 24 Mar, 2026
नेपालको पर्यटन विकासमा नयाँ आयाम… बोराबाँध, कोशी….! नेपालमै ‘गोवा’ बनाउने सपना

सुन्सरीको बोराबाँधस्थित कोशी नदी किनारमा ‘ह्याप्पी ल्याण्ड’ मार्फत नेपालमै ‘गोवा’ जस्तो पर्यटकीय गन्तव्य बनाउने प्रयास तीव्र गतिमा अघि बढिरहेको छ । प्राकृतिक सौन्दर्य, आकर्षक सूर्यास्त र बढ्दो लगानीले यो क्षेत्र नयाँ पर्यटन हबका रूपमा विकास हुँदैछ । At Borabandh along the Koshi River in Sunsari, the “Happy Land” project is rapidly transforming the area into a Goa-like tourist destination in Nepal, driven by natural beauty, stunning sunsets, and growing investment.

https://www.youtube.com/watch?v=cvxcUQMltY4
पुरा पढ्नुहोस्
HPFN
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा मिति २०८२ माघ १८ र १९ गते सम्पन्न भएको छ। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको सह-आयोजनामा सम्पन्न उक्त साधारणसभाको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यूले गर्नु भएको थियो। उक्त साधारणसभामा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाबाट प्रदेश संघमा आवद्ध होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साधारणसभालाई सम्बोधन गर्दै अतिथि वक्ताहरूले नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्रको जुन ढंगले विकास हुनु पर्ने हो, त्यसरी हुन नसकेको र नेपालको पर्यटन विकासले उचाइ चुम्न नसक्नुमा राज्यका सम्बन्धित निकायहरूको कमजोर व्यवस्थापन, नीतिगत अस्पष्टता, पूर्वाधार विकासको कमी, प्रशासनिक ढिलासुस्ती एवम् सरकारले पर्यटन क्षेत्रको विकासलाई महत्व नदिनु आदि मुख्य कारणले गर्दा नै होटल तथा पर्यटन उद्योगले गति लिन नसकेको उहाँहरूले दाबी गर्नु भएको थियो। देशमा आइपर्ने हरेक खालका दैवी प्रकोप होस् या अन्य विभिन्न खालका विपदहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भने कै होटल तथा पर्यटन व्यवसाय हो भन्दै व्यवसायीहरूले वर्तमान अवस्थामा पनि त्यस प्रकारका समस्याहरूले निम्त्याएका असरहरूबाट यो क्षेत्र प्रभावित भइरहेको वर्तमान विषम परिस्थितिमा पनि व्यवसायलाई जोगाइराख्न, राज्यलाई कर तिर्न, रोजगारी सिर्जना गर्न र सेवाको गुणस्तर कायम राख्न व्यवसायीहरू प्रतिबद्ध रहेको जनाइएको छ। वर्तमान अवस्थामा सिंगो पर्यटन व्यवसायले नै भोगिरहनु परेका चुनौती, अवसर र सम्भावनाबारे गहन छलफल भएको उक्त साधारणसभामा आयोजक संस्था होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउँदै राज्यका सरोकारवाला निकायहरुसँगको सहकार्यमा व्यवसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै, युवा जनशक्तिलाई सीपमूलक तालिम मार्फत सक्षम बनाउँदै स्वदेश मै रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएको छ। त्यसैगरी, कार्यक्रमको अन्त्यमा बागमती प्रदेश अन्तर्गत रहेका सबै १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हक हित, प्रवर्द्धन र विकासका लागि संघ एकताबद्ध भएर अघि बढ्ने निर्णय गर्दै संघको छैठौँ साधारणसभा सम्पन्न भएको छ। प्रदेश संघका अध्यक्ष दामोदर नेपाल ज्यूको अध्यक्षतामा आयोजित उक्त साधारणसभा समुद्‍घाटन समारोहका विशिष्ट अतिथि, होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार भागिरथ शर्मा, अतिथिहरु होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्यद्वय मोहन थेबे र ज्ञान बहादुर गजमेर, विभिन्न जिल्ला होटल व्यवसायी संघका अध्यक्ष लगायत प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति रहेको थियो भने संघका महासचिव सुनिल अर्यालले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नु भएको थियो। उक्त अवसरमा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापालाई संस्था आवद्धताको प्रमाण पत्र प्रदान गरिएको थियो भने होटल व्यवसायी संघ-चितवनका अध्यक्ष ऋषिकेश अर्याललाई विगतमा प्रदेश संघको पूर्ण बैठक तथा डिजिटल तालिम सञ्चालनमा निर्वाह गर्नु भएको भूमिकाको कदर गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो।

पुरा पढ्नुहोस्
आर्थिक आवाज २०८२ चैत्र ९ सोमवार मा प्रकाशित
काठमाडौंमा पर्यटन प्रवर्द्धनका लागि व्यापारिक सम्झौता

काठमाडौं । काठमाडौंको पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्यलाई थप सशक्त बनाउने उद्देश्यका साथ काठमाडौं साईडसिन प्रा.लि. र जिल्ला होटल व्यवसायी संघ काठमाडौं तथा एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ, गौशाला काठमाडौंबीच व्यापारिक सम्झौता भएको छ । कार्यक्रम कमलादीस्थित स्काई टावरमा आयोजना गरिएको थियो ।

कार्यक्रममा काठमाडौं प्साईडसिन प्रा.लि.का डाइरेक्टर डा. एलेन बैलोचन तुलाधरले कम्पनीले पर्यटकहरूलाई काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय क्षेत्रहरूको भ्रमण अत्याधुनिक र सहज तरिकाले गराउने योजनाबारे विस्तृत जानकारी गराएका थिए । उनले कम्पनीको सेवा विस्तार र व्यवस्थित पर्यटन अनुभव निर्माणमा निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए ।

सम्झौता जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र सचिव अनिश बानियाको विशेष पहलमा सम्पन्न भएको हो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य ज्ञानु गजमिर, मोहन थेवे, लक्ष्मण भण्डारी, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, बालाजू होटल व्यवसायी संघका अध्यक्ष सूर्य बहादुर खाती, कलंकी होटल तथा गेष्ट हाउस एशोसिएसनका अध्यक्ष रमेश बराल तथा एकता होटल व्यवसायी संघका अध्यक्ष सरोज आलेलगायत होटल व्यवसायीहरूको उपस्थिति थियो ।

Citizen life

सम्झौताअनुसार काठमाडौंको पर्यटन प्रवर्द्धनका लागि एकीकृत मार्केटिङ, यातायात व्यवस्थापन तथा होटल सञ्जालमार्फत सहकार्य गर्ने सहमति गरिएको छ । विमानस्थलमा आगमन गर्ने पर्यटकहरूलाई लक्षित गरी सूचना, टिकट बिक्री र यातायात सेवा व्यवस्थापनमा सहकार्य गरिनेछ । संघले आफ्ना सदस्य होटलहरूलाई कम्पनीको आधिकारिक बिक्रेताका रूपमा आबद्ध गराउँदै होटलहरूमा प्रत्यक्ष प्रचार–प्रसार, ब्रोसर वितरण तथा ब्रान्डिङका कार्यक्रम सञ्चालन गर्नेछ ।

संघका वार्षिक कार्यक्रम, प्रकाशन तथा अन्य प्रवर्द्धनात्मक गतिविधिहरूमा काठमाडौं साईटसिइङलाई समावेश गरिनेछ भने दुवै पक्षबीच संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने सहमति पनि गरिएको छ । सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि नियमित समीक्षा बैठकहरू बस्ने व्यवस्था मिलाइएको छ ।

सहकार्यले काठमाडौंको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र प्रतिस्पर्धी बनाउने विश्वास लिइएको जिल्ला होटल व्यवसायी संघ काठमाडौंका महासचिव शैलेन्द्र विक्रम थापाले बताए ।

पुरा पढ्नुहोस्
Friendshipkhabar Nabin Kumar Khatiwada,२१ माघ
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको साधारण सभा

चरिकोट/होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा यही माघ १८ र १९ मा उक्त साधारणसभा सम्पन्न भएको हो । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको सह आयोजनामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले गर्नु भएको थियो । संघको आयोजनामा सम्पन्न उक्त साधारणसभामा प्रदेशभरिका जिल्ला संघहरुबाट उल्लेख्य मात्रामा प्रतिनिधि र पर्यवेक्षकहरुका उपस्थिति रहेको थियो ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको उक्त साधारणसभामा वर्तमान अवस्थामा सिंगो पर्यटन व्यवसायले नै भोगिरहनु परेका चुनौती, अवसर र सम्भावनाबारे गहन छलफल भएको थियो।
साधारणसभालाई सम्बोधन गर्दै अतिथि वक्ताहरूले नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्रको जुन ढंगले विकास हुनु पर्ने हो, त्यसरी हुन नसकेको उनीहरूले गुनासो गरेका छन् । नेपालको पर्यटन विकासले उचाइ चुम्न नसक्नुमा राज्यका सम्बन्धित निकायहरूको कमजोर व्यवस्थापन, नीतिगत अस्पष्टता, पूर्वाधार विकासको कमी, प्रशासनिक ढिलासुस्ती र सरकारले पर्यटन क्षेत्रको विकासलाइ महत्व नदिनु आदि मुख्य कारणले गर्दा नै पर्यटन उद्योगले गति लिन नसकेको उनीहरूले दाबी गरेका छन् । 

देशमा आइपर्ने हरेक खालका दैवी प्रकोप होस् या अन्य विभिन्न खालका विपदहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भने कै होटल तथा पर्यटन व्यवसाय हो भन्दै  व्यवसायीहरूले वर्तमान अवस्थामा पनि त्यस प्रकारका समस्याहरूले निम्त्याएका असरहरूबाट यो क्षेत्र प्रभावित भइरहेको छ । वर्तमान विषम परिस्थितिमा पनि व्यवसायलाई जोगाइराख्न, राज्यलाई कर तिर्न, रोजगारी सिर्जना गर्न र सेवाको गुणस्तर कायम राख्न व्यवसायीहरू प्रतिबद्ध रहेको जनाइएको छ।

साधारणसभामा संघले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउँदै राज्यका सरोकारवाला निकायहरुसँगको सहकार्यमा व्यवसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै, युवा जनशक्तिलाई सीपमूलक तालिम मार्फत सक्षम बनाउँदै स्वदेश मै रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएको छ। त्यसैगरी कार्यक्रमको अन्त्यमा बागमती प्रदेश अन्तर्गत रहेका सबै १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हक हित, प्रवर्द्धन र विकासका लागि संघ एकताबद्ध भएर अघि बढ्ने निर्णय गर्दै संघको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।

पुरा पढ्नुहोस्
Ek Sandesh Live NEWS BY ASHUTOSH
नेपाल पर्यटन विकास के अपेक्षित ऊँचाइयों तक न पहुँच पाना सरकार की विफलता : दिनेश कुमार

काठमांडू : होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश की छठी साधारण सभा सफलतापूर्वक सम्पन्न हुई है। यह साधारण सभा सिंधुपाल्चोक जिÞले के सुंदर पर्यटक नगरी सुकुटे में इसी माघ 18 और 19 को आयोजित की गई। सिंधु सुकुटे पर्यटन व्यवसायी संघ के सह-आयोजन में सम्पन्न इस साधारण सभा के उद्घाटन सत्र के प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपाल के केंद्रीय अध्यक्ष दिनेश कुमार चुके थे, जिन्होंने कार्यक्रम का उद्घाटन किया। संघ के आयोजन में हुई इस साधारण सभा में प्रदेशभर के जिला संघों से उल्लेखनीय संख्या में प्रतिनिधि और पर्यवेक्षक उपस्थित रहे। बागमती प्रदेश के अंतर्गत आने वाले सभी 13 जिÞलों से आए होटल एवं पर्यटन व्यवसायियों की सहभागिता वाली इस सभा में वर्तमान समय में संपूर्ण पर्यटन व्यवसाय द्वारा झेली जा रही चुनौतियों, अवसरों और संभावनाओं पर गहन चर्चा की गई।साधारण सभा को संबोधित करते हुए अतिथि वक्ताओं ने कहा कि नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक और भौगोलिक विविधताओं से भरपूर देश होने के बावजूद पर्यटन क्षेत्र का जिस तरह से विकास होना चाहिए था, वह नहीं हो सका है। उन्होंने कहा कि नेपाल के पर्यटन विकास के अपेक्षित ऊँचाइयों तक न पहुँच पाने के पीछे संबंधित सरकारी निकायों का कमजोर प्रबंधन, नीतिगत अस्पष्टता, बुनियादी ढाँचे के विकास की कमी, प्रशासनिक ढिलासुस्ती और सरकार द्वारा पर्यटन क्षेत्र को पर्याप्त महत्व न दिया जाना प्रमुख कारण हैं, जिसके चलते पर्यटन उद्योग गति नहीं पकड़ पा रहा है।

व्यवसायियों ने यह भी कहा कि देश में आने वाली हर प्रकार की प्राकृतिक आपदाओं या अन्य विभिन्न संकटों से सबसे अधिक प्रभावित होने वाला क्षेत्र होटल एवं पर्यटन व्यवसाय ही है, और वर्तमान समय में भी ऐसे संकटों के प्रभाव से यह क्षेत्र प्रभावित हो रहा है। बावजूद इसके, मौजूदा विषम परिस्थितियों में भी व्यवसाय को बनाए रखने, राज्य को कर अदा करने, रोजगार सृजन करने और सेवा की गुणवत्ता बनाए रखने के प्रति व्यवसायी प्रतिबद्ध हैं।साधारण सभा में संघ ने पर्यटन क्षेत्र के विकास के लिए निजी क्षेत्र की भूमिका को और अधिक सशक्त बनाते हुए राज्य के संबंधित निकायों के साथ सहयोग में व्यावसायिक मर्यादा, गुणवत्ता और सेवाओं में सुधार करते हुए आगे बढ़ने की प्रतिबद्धता व्यक्त की। साथ ही, युवाओं को कौशल-आधारित प्रशिक्षण के माध्यम से सक्षम बनाकर देश के भीतर ही रोजगार के अवसर सृजित करने के लिए निरंतर प्रयास करने का संकल्प भी लिया गया।
कार्यक्रम के अंत में बागमती प्रदेश के अंतर्गत आने वाले सभी 13 ज़िलों के होटल एवं पर्यटन व्यवसायियों के अधिकार, हित, प्रवर्द्धन और विकास के लिए संघ द्वारा एकजुट होकर आगे बढ़ने का निर्णय लेते हुए संघ की छठी साधारण सभा सम्पन्न हुई।

पुरा पढ्नुहोस्
जनतापत्र,सिन्धुपाल्चोक,२० माघ २०८२, सोमबार १८:२४
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको छैटौँ साधारणसभा सुकुटेमा सम्पन्न

सिन्धुपाल्चोकको सुकुटेमा होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको छैटौँ साधारणसभा सम्पन्न भएको छ। संघको आयोजनामा सम्पन्न साधारणसभामा कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, विभिन्न जिल्लाबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साधारणसभामा बागमती प्रदेशअन्तर्गतका १३ वटै जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको जनाइएको छ। कार्यक्रममा सहभागी व्यवसायीहरूले वर्तमान अवस्थामा पर्यटन तथा होटल व्यवसायले भोग्नुपरेका चुनौती, अवसर र सम्भावनाबारे गम्भीर छलफल गरेका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्र अपेक्षित रूपमा अघि बढ्न नसकेको बताएका छन्। राज्यका सम्बन्धित निकायहरूको कमजोर व्यवस्थापन, नीतिगत अस्पष्टता, पूर्वाधार विकासको कमी र प्रशासनिक ढिलासुस्तीका कारण पर्यटन उद्योगले गति लिन नसकेको उनीहरूको भनाइ थियो।

कोभिड–१९ महामारीपछि पर्यटन तथा होटल व्यवसाय सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै व्यवसायीहरूले अहिले पनि त्यसको असर पूर्ण रूपमा हट्न नसकेको बताए। यस कठिन परिस्थितिमा पनि व्यवसायलाई बचाइराख्न, रोजगारी सिर्जना गर्न र सेवाको गुणस्तर कायम राख्न व्यवसायीहरू प्रतिबद्ध रहेको जनाइएको छ। साधारणसभामा संघले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउँदै व्यवसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै, युवा जनशक्तिलाई सीपमूलक तालिममार्फत सक्षम बनाउँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने जनाएको छ। कार्यक्रमको अन्त्यमा बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हित, प्रवर्द्धन र विकासका लागि संघ एकताबद्ध भएर अघि बढ्ने निर्णय गरिएको छ।

पुरा पढ्नुहोस्
जनतापत्र,सिन्धुपाल्चोक,२० माघ २०८२, सोमवार
होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको छैटौं वार्षिक साधारण सभा सुकुटेमा

१९ माघ, सुकुटे, सिन्धुपाल्चोक । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको छैटौं वार्षिक साधारण सभा भएको छ । सहआयोजक सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजनामा सुकुटे बीच रिसोर्ट, सुकुटे–सिन्धुपाल्चोकमा  बागमती प्रदेशको साधारण सभा सप्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुके रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले गर्नुभएको थियो। यस्तै, विशेष अतिथिका रूपमा पर्यटन विज्ञ भगिरथ शर्मा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा संघका केन्द्रीय सदस्यहरू, पर्यटन तथा होटल व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य सिन्धु सुकुटे पर्यटन व्यवसायी संघकी सदस्य मन्दु थापाले राख्नुभएको थियो। उहाँले बागमती प्रदेशको छैटौं वार्षिक साधारण सभा सिन्धुपाल्चोकमा आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आयोजक संस्थाका अध्यक्ष दामोदर नेपालले बागमती प्रदेशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो। निर्वाचनको आचारसंहिता तथा निर्वाचनकै कारण अपेक्षाकृत कम उपस्थिति रहेको उल्लेख गर्दै उहाँले सुकुटे एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताउनुभयो।

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाले सुकुटे सहित समग्र सिन्धुपाल्चोक जिल्लाको पर्यटन अवस्था, पर्यटन व्यवसायको वर्तमान स्थिति तथा स्थानीय तहहरूले सुकुटेको पर्यटन प्रवर्द्धनमा पुर्‍याएको सहयोगबारे जानकारी गराउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा पर्यटन विज्ञ भगिरथ शर्माले होटल तथा पर्यटन व्यवसायले राज्यलाई ठूलो मात्रामा राजस्व तिरेको र विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान पुर्‍याएको भए पनि राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो। उहाँले राज्यले होटल तथा पर्यटन व्यवसायीहरूको आवाज नसुनेको टिप्पणी गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवं होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले सरकारले होटल तथा पर्यटन व्यवसायीप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताउनुभयो। कर्मचारीलाई १० दिनको घुम्ती बिदा दिने व्यवस्था तथा उद्योगसरह होटल तथा पर्यटन व्यवसायलाई विद्युतमा छुट दिने विषय कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो। साथै, होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको, सीप सिकेपछि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको उल्लेख गर्दै होटल तालिमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले होटल तथा पर्यटन व्यवसायभित्र रहेका कमजोरीहरू क्रमशः सुधार गर्दै जानुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।

पुरा पढ्नुहोस्
आर्थिकन्यूज ६ चैत, २०८१ 23 Mar, 2025
नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ कार्यसमिति चयन

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । बागमती प्रदेशको दोलखा, चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् ।

संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः संघको केन्द्रिय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवर्द्धनात्मक कामहरु गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

पुरा पढ्नुहोस्
अनलाइनखबर अनलाइनखबर २०८१ चैत ६ गते १४:३७
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति

संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर

 २०८१ चैत ६ गते १४:३७

NCELL

६ चैत, काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

दोलखा चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् ।

यसअघि मकवानपुर चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्षमा सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् । महासचिवमा सुनिल अर्याल चयन भएका छन् ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह चयन भएका छन् ।

कार्यसमिति सदस्यमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अञ्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ छन् ।

विधानतः संघको केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारी सहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाँकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यावसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिबद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यावहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब संस्थालाई थप उचाइमा लैजाने गरी व्यावसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक काम गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

पुरा पढ्नुहोस्
अर्थ पथ प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार
दामोदर नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमतीको नयाँ कार्यसमिति चयन

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

बागमती प्रदेशको दोलखा, चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वोय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् ।

संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः संघको केन्द्रिय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक कामहरु गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

पुरा पढ्नुहोस्
रातोपाटी संवाददाता रातोपाटी संवाददाता बुधबार, ०६ चैत २०८१
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नेतृत्वमा दामोदर नेपाल

काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । दोलखा जिल्लाको चरिकोटमा मंगलबार सम्पन्न संघको तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको अध्यक्षमा  दामोदर नेपाल,वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

Tata
RATOPATI PATRO

कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अन्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ्ग, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् 

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

Shivam Cement

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक कामहरु गर्ने उनले बताए ।

पुरा पढ्नुहोस्
टुरीजम पाना चैत्र ६ , २०८१
दामोदर नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी सङ्घ, बागमती प्रदेशको नयाँ कार्यसमिति चयन

टुरीजम पाना चैत्र ६ , २०८१

होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । बागमती प्रदेशको दोलखा, चरिकोटमा मङ्गलवार सम्पन्न सङ्घको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध चयन गरेको हो।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् ।

सङ्घको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए ।

यसै गरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अञ्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः सङ्घको केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरूको छाता सङ्गठन ‘होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेश’ व्यावसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिबद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्‍याउने गरी व्यावसायिक हक हित र पर्यटन प्रवर्द्धनात्मक कामहरू गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

६ चैत्र २०८१

पुरा पढ्नुहोस्
डबली खबर 16 Mar, 2025
दुई दिने कार्यशाला गोष्ठी

माघ १७, २०८१

१७ माघ, धुलिखेल । होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशको आयोजनामा धुलिखेलमा दुई दिने सङ्घको रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी भएको छ ।

बुधबारदेखि सुरु भएको कार्यशाला गोष्ठीको प्रदेश सङ्घका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्ययोजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गरिएको सङ्घका निवर्तमान अध्यक्ष सन्तोष उप्रेतीले बताए ।

काभ्रे होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घको सहआयोजना भएको कार्यशाला गोष्ठीमा अन्तर्राष्ट्रिय परिवर्तनकारी नेतृत्व प्रशिक्षक राजु सरकारले सहजीकरण गरेका थिए ।

कार्यशालामा सङ्घमा आबद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश सङ्घका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य सङ्घ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पुरा पढ्नुहोस्
कर्पोरेट नेपाल
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको आगामी दुई वर्षे कार्य रणनीति बनाउन काभ्रेपलाञ्चोकको धुलिखेलमा

माघ १७, २०८१, समय: १४:१७

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको आगामी दुई वर्षे कार्य रणनीति बनाउन काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिने कार्यशाला गोष्ठी शुरु भएको छ । होटल संघ बागमतीको आयोजना तथा काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सहआयोजनामा बुधारदेखि धुलिखेल भिलेज रिसोर्टमा कार्यशाला गोष्ठी शुरु भएको हो । 

कार्यशाल गोष्ठी बिहीबार बेलुका सम्पन्न हुनेछ । यस गोष्ठीले समग्र प्रदेशका १३ वटै जिल्लाबाट संघमा आवद्ध होटल तथा पर्यटन व्यवसायीहरुको क्षमता विकास एवं सुधारमा केन्द्रित रहँदै पर्यटन प्रवद्र्धनमा कसरी काम गर्न सकिन्छ भन्ने रणनीतिक खाका बनाउने संघका अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।

कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

कार्यशालामा संघमा आवद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश संघका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य संघ संस्थाका पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको संघले जनाएको छ । 

कार्यशाल गोष्ठीको उद्घाटन प्रदेश संघका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा गरेका छन् ।

पुरा पढ्नुहोस्
admin 13 Mar, 2025
होटल तथा पर्यटन ब्यबसायी संघ नेपाल बागमती प्रदेस कार्यसमितिको नवौं बैठकमा दोलखाको तर्फबाट सहभागी जनाउदै बैठक भब्य र सभ्य रुपमा सम्पन्न ।

२९ फागुन, काठमाडौं । होटल तथा पर्यटन ब्यबसायी संघ नेपाल बागमती प्रदेस कार्यसमितिको नवौं बैठकमा दोलखाको तर्फबाट सहभागी जनाउदै बैठक भब्य र सभ्य रुपमा सम्पन्न ।

१.होटल तथा पर्यटन ब्यबसायी महासंघ र प्रदेश संघलाइ दोलखामा चलिरहेको दोलखा महोत्सवमा निमन्त्रणा गरियो ।

२.होटल तथा पर्यटन ब्यबसायी संघ नेपाल बागमती प्रदेशको तेस्रो अधिबेशन दोलखाको जिरीमा चैतको ४ र ५ गते दोलखा संघको सह आयोजनामा हुने ।

३.कार्यक्रमको जानकारीको लगी पत्रकार सम्मेलन गर्ने ।

४.आब २०८१/०८२को रणनैतिक कार्ययोजना निर्माण ।

५.कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मुख्य मन्त्री बहादुर सिह लामाले गर्ने ।

पुरा पढ्नुहोस्