काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशनले तुल्सीराम भण्डारी ‘शंकर’को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। । चैत २७ र २८ गते पोखरा मा सम्पन्न महाधिवेशनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। भण्डारी यसअघि महासंघका महासचिवका रूपमा कार्यरत थिए। महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, उपाध्यक्ष शैलेस कार्कि , प्रशासन उपाध्यक्षमा ज्ञानु गजमेर, महासचिवमा राजेश मलोत्रा, उपमहासचिवमा मित्र ढकाल, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ तथा सहकोषाध्यक्षमा लक्ष्मण भण्डारी निर्वाचित भएका छन्। त्यस्तै प्रशासन सचिवमा रमेश बराल चयन भएका छन् भने सदस्यहरूमा बिष्णु प्रसाद धिमिरे, शैलेन्द्र विक्रम थापा, ऋषि चौलागाईं, तिलक चापागाईं, रेनुका याक्सो लिम्बु लगायत निर्वाचित भएका छन्। गण्डकी प्रदेशको राजधानी पोखरा मा भव्य रूपमा सम्पन्न महाधिवेशनले ६७ सदस्यीय कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्व चयनसँगै महासंघले होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित नेतृत्वलाई जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले बधाई तथा शुभकामना व्यक्त गर्दै युवा जोश, जागर र समयअनुकूल सोचसहितको सक्षम टोलीले पर्यटन तथा होटल व्यवसाय क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले भने, पर्यटन क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको विकास, प्रवर्द्धन र व्यवस्थापनमा नयाँ नेतृत्वको भूमिका थप जिम्मेवार रहने देखिन्छ। नीतिगत सुधार, गुणस्तरीय सेवा विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा प्रभावकारी पहल गर्नुपर्ने दायित्व अहिलेको नेतृत्वमाथि आएको छ। नयाँ कार्यसमितिले समन्वय, नवप्रवर्तन र व्यवसायिक हितलाई केन्द्रमा राख्दै अघि बढेमा समग्र होटल तथा पर्यटन क्षेत्र अझ सुदृढ र उन्नत हुने विश्वास लिएको बताए।
काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्कबाट एकीकृत रूपमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने निर्णयप्रति जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले आपत्ति जनाएका छन्। उनले यात्री र पर्यटनमैत्री सन्तुलित यातायात नीति आवश्यक रहेको बताए ।
बरालले उक्त निर्णयले यात्रु, होटल व्यवसाय तथा समग्र पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पार्ने बताएका छन्। उनका अनुसार हालको विकेन्द्रित यातायात व्यवस्थाले यात्रु चाप सन्तुलित बनाइरहेको अवस्थामा सबै सेवा एकै स्थानमा केन्द्रित गर्दा सेवा प्रवाहमा समस्या आउन सक्ने देखिन्छ।
अध्यक्ष बरालका अनुसार यसअघि काठमाडौँ उपत्यकाका कोटेश्वर, बसपार्क, बाल्खु, सातदोबाटो, टोखा, माछापोखरी लगायतका विभिन्न स्थानबाट बस सेवा सञ्चालन हुँदा यात्रु चाप छरिएर व्यवस्थापन सहज बनेको थियो। अहिले सबै सेवा नयाँ बसपार्कमै केन्द्रित गर्दा यात्रुहरूको अत्यधिक भीड बढ्छ, जसलाई व्यवस्थापन गर्न कठिन हुन्छ, उनले भने।
नयाँ बसपार्कको हालको अवस्था, सीमित क्षमता र पूर्वाधारले यति ठूलो चाप धान्न नसक्ने स्पष्ट पारे। पर्याप्त पार्किङ, प्रतिक्षालय, सरसफाइ र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार नगरी सबै सेवा एकै ठाउँमा केन्द्रित गर्नु व्यवहारिक हुँदैन, बरालको भनाइ छ।
बरालका अनुसार लामो दूरीका यात्रु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आएकाहरु बस मार्फत यात्रा गर्नेहरूका लागि लगेज व्यवस्थापन झनै चुनौतीपूर्ण बन्नेछ। यात्रुहरूले आफ्नो बस समात्न कै लागी शहर पार गरेर बसपार्क पुग्नुपर्ने हुन्छ, जसले समय र खर्च दुवै बढाउँछ,” उनले बताए।
उनले पर्यटकहरूको व्यवहारतर्फ संकेत गर्दै भने, पर्यटकहरू प्रायः आफू बसेकै स्थान वरिपरि घुमफिर गर्न र त्यहीँबाट यात्रा सुरु गर्न रुचाउँछन्। सबैलाई एकै स्थानमा आउन बाध्य पार्दा उनीहरूको आवागमनमा असहजता आउँछ। यसले पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्र जस्ता प्रमुख गन्तव्यमा जाने पर्यटकहरूको सहजतामा असर पर्ने उनको भनाइ छ।
बरालले थपे, हाल काठमाडौंमा धेरैजसो होटलहरू विमानस्थल आसपास क्षेत्रमा केन्द्रित छन्। एकातिर विमानस्थलको नजिक हुनु र अर्कोतर्फ पशुपतिनाथ क्षेत्रको आकर्षणका कारण यहाँ भारतीय पर्यटकको आगमन उच्च हुन्छ। विशेषगरी विमानस्थल आसपासका होटल व्यवसायहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने अन्तर्राष्ट्रिय तथा भारतीय पर्यटकहरू गौशाला, तिलगंगा, बौद्ध तथा आसपासका क्षेत्रमा बसोबास गर्ने भएकाले त्यहाँको होटल व्यवसाय र बजारमा यात्रु घट्ने उनले बताए।
भक्तपुर क्षेत्रबाट पुर्व पश्चिम आउने जाने यात्रु तथा एयरपोर्ट एरियाबाट बाहिरीने यात्रुहरूको सुविधालाई समेत ध्यान दिनुपर्ने बताए। यस्ता यात्रुहरूलाई सीधै आफ्नो स्थानबाट सेवा उपलब्ध हुँदा सहज हुन्छ, तर सबैलाई नयाँ बसपार्कमा केन्द्रित गर्दा अनावश्यक झन्झट थपिन्छ, उनले भने।
त्यस्तै, बसपार्क क्षेत्रमा गाइडका नाममा यात्रीलाई हुने हैरानी र सास्ती नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए। यात्रुहरूलाई गलत सूचना दिई वा अनावश्यक रूपमा पैसा असुल्ने गतिविधि नियन्त्रण नगरी सेवा केन्द्रित गर्दा थप समस्या निम्तिन सक्छ, बरालले बताए।
पूर्व–पश्चिम लामो दूरीका यात्रुहरूको सन्दर्भमा उनले भने, अहिले विभिन्न स्थानबाट बस चढ्ने सुविधा हुँदा यात्रुहरूलाई सहज छ। तर नयाँ बसपार्क मै बस सेवा हुने नियमले समय र खर्च बढ्ने अवस्था आउँछ।
उनका अनुसार हालको विकेन्द्रित यातायात प्रणालीले यात्रु चाप सन्तुलित बनाइरहेको छ। यसलाई पूर्ण रूपमा केन्द्रीकरण गर्दा कता – कता असहज भएको बताए।
अन्त्यमा बरालले महानगरपालिकालाई निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै भने, यात्री, पर्यटन र व्यवसाय सबैलाई ध्यानमा राखेर व्यवहारिक, सन्तुलित र सेवा मैत्री यातायात व्यवस्था लागू गर्नु पर्ने उनको भनाई छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र एकीकृत रूपमा यात्रुवाहक सवारी सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेसँगै यसको प्रभावबारे सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले उक्त निर्णयप्रति असहमति जनाउँदै यात्रु र पर्यटनमैत्री सन्तुलित यातायात नीति आवश्यक रहेको बताएका छन्।
बरालका अनुसार हाल उपत्यकाका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएको विकेन्द्रित यातायात व्यवस्थाले यात्रु चापलाई सन्तुलित बनाइरहेको अवस्थामा सबै सेवा एकै स्थानमा सीमित गर्ने निर्णय व्यवहारिक नदेखिएको बताए। कोटेश्वर, बाल्खु, सातदोबाटो, टोखा र माछापोखरीजस्ता स्थानबाट छुट्ने सवारी साधनले यात्रु व्यवस्थापन सहज बनाउँदै आएको उल्लेख गर्दै उनले अब सम्पूर्ण सेवा नयाँ बसपार्कमा केन्द्रित हुँदा अत्यधिक भीडभाड र व्यवस्थापन चुनौती थपिने तर्क गरे।
उनले नयाँ बसपार्कको विद्यमान पूर्वाधारले बढ्दो चाप धान्न नसक्ने दाबी गर्दै पार्किङ, प्रतिक्षालय, सरसफाइ र सुरक्षा जस्ता आधारभूत पक्ष सुदृढ नगरी सेवा केन्द्रीकरण गर्नु हतारो निर्णय हुने बताए। विशेषगरी लामो दूरीका यात्रु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्नेहरूका लागि लगेज व्यवस्थापन र पहुँच दुबै जटिल बन्ने उनको भनाइ छ। यात्रुहरूले बस चढ्नकै लागि शहर पार गर्नुपर्ने अवस्था सिर्जना हुँदा समय र खर्च दुबै बढ्ने उनले उल्लेख गरे।
पर्यटन क्षेत्रतर्फ संकेत गर्दै बरालले विदेशी पर्यटकहरू प्रायः आफू बसेकै स्थान नजिकबाट यात्रा सुरु गर्न रुचाउने भएकाले सबैलाई एकै ठाउँमा केन्द्रित गर्दा उनीहरूको आवागमन असहज बन्ने बताए। यसले पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रजस्ता प्रमुख पर्यटकीय गन्तव्यमा जाने आगन्तुकहरूको सहजतामा समेत असर पार्न सक्ने उनको तर्क छ।
विमानस्थल आसपास केन्द्रित होटल व्यवसायमा यस निर्णयले प्रत्यक्ष प्रभाव पार्ने संकेत गर्दै उनले गौशाला, तिलगंगा र बौद्ध क्षेत्रका होटल तथा स्थानीय बजारमा यात्रु आवागमन घट्ने सम्भावना औंल्याए। विशेषगरी भारतीय पर्यटकको आवागमन उच्च रहने यी क्षेत्रमा सेवा पहुँच घट्दा व्यवसायिक गतिविधि प्रभावित हुन सक्ने उनको भनाइ छ।
बरालले बसपार्क क्षेत्रमा गाइडको नाममा यात्रु ठगी तथा अनावश्यक हैरानीका घटनाहरू नियन्त्रण नगरी सेवा केन्द्रीकरण गरिनु थप समस्या निम्त्याउनेतर्फ पनि ध्यानाकर्षण गराए। पूर्व–पश्चिम लामो दूरीका यात्रुका लागि हाल उपलब्ध सहज विकल्प हटाउँदा झन्झट बढ्ने उनको निष्कर्ष छ।
अन्त्यमा उनले महानगरपालिकालाई निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै यात्रु सुविधा, पर्यटन प्रवर्द्धन र व्यवसायिक हितलाई समेट्ने गरी सन्तुलित, व्यवहारिक र सेवा–मैत्री यातायात व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए।
हाेटल व्यवसायी महासंघ नेपालकाे पाेखरामा सम्पन्न ५ औँ अधिवेशनबाट बागमती प्रदेशकाे प्रतिनिधित्व गर्दै निर्विराेध निर्वाचित हुनु भएका अध्यक्ष लगायत सिंगाे टिमलाइ हार्दिक बधाइ एवं कार्यकाल पूर्ण सफलताकाे हार्दिक शुभकामना....!
काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौं र फुड एण्ड ट्रेडिङ हाउस बीच होटल व्यवसायीलाई आवश्यक खाद्य तथा उपभोग्य सामग्री सहज, सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले खाद्यसामग्री आपूर्ति सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका तर्फबाट अध्यक्ष सुरेश बराल तथा फुड एण्ड ट्रेडिङ हाउसका तर्फबाट अजित जंग थापा, सिनियर सेल्स म्यानेजरले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार फुड एण्ड ट्रेडिङ हाउसले संघमा आबद्ध होटल व्यवसायीलाई आफ्नै मिलमा उत्पादित विभिन्न ब्राण्डका लोकल चामल तथा किचनमा आवश्यक पर्ने सम्पूर्ण गुणस्तरीय खाद्य सामग्री होटलमै सहज र सुलभ मूल्यमा उपलब्ध गर्नेछ।
त्यस्तै, सीजी ग्रुप द्वारा उत्पादित होटल व्यवसायका लागि आवश्यक अन्य सामग्रीसमेत उपलब्ध गर्नु पर्ने छ भने आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा उत्पादनको सूची तथा मूल्यमा थपघट वा परिमार्जन गर्न सकिने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।
यस सम्झौताबाट जिल्ला होटल व्यवसायी संघ काठमाडौंमा आबद्ध होटलहरूलाई आवश्यक सामग्री खरिद–बिक्रीमा समन्वय र सहजीकरण हुने अपेक्षा गरिएको छ। साथै, गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराई आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष बरालले बताए ।
सम्झौताअनुसार आपूर्तिकर्ताले आवश्यक सामग्री समयमै उपलब्ध गराउनुका साथै गुणस्तर, अर्गानिकता र शुद्धतामा सतप्रतिशत प्रतिबद्धता जनाउनुका साथै, आगामी दिनमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरूमा समेत सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ।
अध्यक्ष बरालले यस सम्झौताले होटल व्यवसायीलाई आवश्यक वस्तु एकद्वार प्रणालीमार्फत सहज मूल्यमा र गुणस्तरीय रूपमा उपलब्ध हुने विश्वास व्यक्त गर्दै होटल व्यवसायीले शुद्ध र भरपर्दो सामग्री पाउने सुनिश्चितताका लागि सम्झौता गरिएको उनले बताए ।