काठमाडौं । पर्यटन क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र वातावरणमैत्री बनाउन होटल वर्गीकरणसम्बन्धी विद्यमान मापदण्ड संशोधन गर्न सरकार अग्रसर भएको छ।
पर्यटन विभागले ‘होटल, रिसोर्ट, पर्यटक इन, लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट’हरुको होटल वर्गीकरण मापदण्ड, २०७६ (संशोधन २०७७ सहित) लाई समयानुकूल परिमार्जन गर्ने तयारी गरेको छ ।
विभागका अनुसार बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकता अनुरूप ‘ग्रीन हस्पिटालिटी’अवधारणालाई समेटेर नयाँ मापदण्ड तर्जुमा गर्न लागिएको हो ।
यसका लागि सरोकारवालाहरू—विज्ञ, व्यवसायी, प्राज्ञिक वर्ग, सञ्चारकर्मी तथा पर्यटन क्षेत्रका सबै पक्षबाट राय तथा सुझाव माग गरिएको छ । सुझावहरू १५ दिनभित्र विभागको इमेल मा पठाउन सकिनेछ ।
सुझावका मुख्य क्षेत्रहरूमा हालको मापदण्डमा सुधार आवश्यक पक्ष, हरित आतिथ्य ‘ग्रीन हस्पिटालिटी’ का सूचकहरू, तथा होटलको भौतिक पूर्वाधार र सेवा गुणस्तरको वर्गीकरण समावेश गरिएको छ ।
सुन्सरीको बोराबाँधस्थित कोशी नदी किनारमा ‘ह्याप्पी ल्याण्ड’ मार्फत नेपालमै ‘गोवा’ जस्तो पर्यटकीय गन्तव्य बनाउने प्रयास तीव्र गतिमा अघि बढिरहेको छ । प्राकृतिक सौन्दर्य, आकर्षक सूर्यास्त र बढ्दो लगानीले यो क्षेत्र नयाँ पर्यटन हबका रूपमा विकास हुँदैछ । At Borabandh along the Koshi River in Sunsari, the “Happy Land” project is rapidly transforming the area into a Goa-like tourist destination in Nepal, driven by natural beauty, stunning sunsets, and growing investment.
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा मिति २०८२ माघ १८ र १९ गते सम्पन्न भएको छ। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको सह-आयोजनामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यूले गर्नु भएको थियो। उक्त साधारणसभामा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाबाट प्रदेश संघमा आवद्ध होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साधारणसभालाई सम्बोधन गर्दै अतिथि वक्ताहरूले नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्रको जुन ढंगले विकास हुनु पर्ने हो, त्यसरी हुन नसकेको र नेपालको पर्यटन विकासले उचाइ चुम्न नसक्नुमा राज्यका सम्बन्धित निकायहरूको कमजोर व्यवस्थापन, नीतिगत अस्पष्टता, पूर्वाधार विकासको कमी, प्रशासनिक ढिलासुस्ती एवम् सरकारले पर्यटन क्षेत्रको विकासलाई महत्व नदिनु आदि मुख्य कारणले गर्दा नै होटल तथा पर्यटन उद्योगले गति लिन नसकेको उहाँहरूले दाबी गर्नु भएको थियो। देशमा आइपर्ने हरेक खालका दैवी प्रकोप होस् या अन्य विभिन्न खालका विपदहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भने कै होटल तथा पर्यटन व्यवसाय हो भन्दै व्यवसायीहरूले वर्तमान अवस्थामा पनि त्यस प्रकारका समस्याहरूले निम्त्याएका असरहरूबाट यो क्षेत्र प्रभावित भइरहेको वर्तमान विषम परिस्थितिमा पनि व्यवसायलाई जोगाइराख्न, राज्यलाई कर तिर्न, रोजगारी सिर्जना गर्न र सेवाको गुणस्तर कायम राख्न व्यवसायीहरू प्रतिबद्ध रहेको जनाइएको छ। वर्तमान अवस्थामा सिंगो पर्यटन व्यवसायले नै भोगिरहनु परेका चुनौती, अवसर र सम्भावनाबारे गहन छलफल भएको उक्त साधारणसभामा आयोजक संस्था होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउँदै राज्यका सरोकारवाला निकायहरुसँगको सहकार्यमा व्यवसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै, युवा जनशक्तिलाई सीपमूलक तालिम मार्फत सक्षम बनाउँदै स्वदेश मै रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएको छ। त्यसैगरी, कार्यक्रमको अन्त्यमा बागमती प्रदेश अन्तर्गत रहेका सबै १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हक हित, प्रवर्द्धन र विकासका लागि संघ एकताबद्ध भएर अघि बढ्ने निर्णय गर्दै संघको छैठौँ साधारणसभा सम्पन्न भएको छ। प्रदेश संघका अध्यक्ष दामोदर नेपाल ज्यूको अध्यक्षतामा आयोजित उक्त साधारणसभा समुद्घाटन समारोहका विशिष्ट अतिथि, होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार भागिरथ शर्मा, अतिथिहरु होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्यद्वय मोहन थेबे र ज्ञान बहादुर गजमेर, विभिन्न जिल्ला होटल व्यवसायी संघका अध्यक्ष लगायत प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति रहेको थियो भने संघका महासचिव सुनिल अर्यालले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नु भएको थियो। उक्त अवसरमा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापालाई संस्था आवद्धताको प्रमाण पत्र प्रदान गरिएको थियो भने होटल व्यवसायी संघ-चितवनका अध्यक्ष ऋषिकेश अर्याललाई विगतमा प्रदेश संघको पूर्ण बैठक तथा डिजिटल तालिम सञ्चालनमा निर्वाह गर्नु भएको भूमिकाको कदर गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो।
काठमाडौं । काठमाडौंको पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्यलाई थप सशक्त बनाउने उद्देश्यका साथ काठमाडौं साईडसिन प्रा.लि. र जिल्ला होटल व्यवसायी संघ काठमाडौं तथा एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ, गौशाला काठमाडौंबीच व्यापारिक सम्झौता भएको छ । कार्यक्रम कमलादीस्थित स्काई टावरमा आयोजना गरिएको थियो ।
कार्यक्रममा काठमाडौं प्साईडसिन प्रा.लि.का डाइरेक्टर डा. एलेन बैलोचन तुलाधरले कम्पनीले पर्यटकहरूलाई काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय क्षेत्रहरूको भ्रमण अत्याधुनिक र सहज तरिकाले गराउने योजनाबारे विस्तृत जानकारी गराएका थिए । उनले कम्पनीको सेवा विस्तार र व्यवस्थित पर्यटन अनुभव निर्माणमा निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए ।
सम्झौता जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र सचिव अनिश बानियाको विशेष पहलमा सम्पन्न भएको हो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य ज्ञानु गजमिर, मोहन थेवे, लक्ष्मण भण्डारी, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, बालाजू होटल व्यवसायी संघका अध्यक्ष सूर्य बहादुर खाती, कलंकी होटल तथा गेष्ट हाउस एशोसिएसनका अध्यक्ष रमेश बराल तथा एकता होटल व्यवसायी संघका अध्यक्ष सरोज आलेलगायत होटल व्यवसायीहरूको उपस्थिति थियो ।
सम्झौताअनुसार काठमाडौंको पर्यटन प्रवर्द्धनका लागि एकीकृत मार्केटिङ, यातायात व्यवस्थापन तथा होटल सञ्जालमार्फत सहकार्य गर्ने सहमति गरिएको छ । विमानस्थलमा आगमन गर्ने पर्यटकहरूलाई लक्षित गरी सूचना, टिकट बिक्री र यातायात सेवा व्यवस्थापनमा सहकार्य गरिनेछ । संघले आफ्ना सदस्य होटलहरूलाई कम्पनीको आधिकारिक बिक्रेताका रूपमा आबद्ध गराउँदै होटलहरूमा प्रत्यक्ष प्रचार–प्रसार, ब्रोसर वितरण तथा ब्रान्डिङका कार्यक्रम सञ्चालन गर्नेछ ।
संघका वार्षिक कार्यक्रम, प्रकाशन तथा अन्य प्रवर्द्धनात्मक गतिविधिहरूमा काठमाडौं साईटसिइङलाई समावेश गरिनेछ भने दुवै पक्षबीच संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने सहमति पनि गरिएको छ । सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि नियमित समीक्षा बैठकहरू बस्ने व्यवस्था मिलाइएको छ ।
सहकार्यले काठमाडौंको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र प्रतिस्पर्धी बनाउने विश्वास लिइएको जिल्ला होटल व्यवसायी संघ काठमाडौंका महासचिव शैलेन्द्र विक्रम थापाले बताए ।
चरिकोट/होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा यही माघ १८ र १९ मा उक्त साधारणसभा सम्पन्न भएको हो । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको सह आयोजनामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले गर्नु भएको थियो । संघको आयोजनामा सम्पन्न उक्त साधारणसभामा प्रदेशभरिका जिल्ला संघहरुबाट उल्लेख्य मात्रामा प्रतिनिधि र पर्यवेक्षकहरुका उपस्थिति रहेको थियो ।
बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको उक्त साधारणसभामा वर्तमान अवस्थामा सिंगो पर्यटन व्यवसायले नै भोगिरहनु परेका चुनौती, अवसर र सम्भावनाबारे गहन छलफल भएको थियो। साधारणसभालाई सम्बोधन गर्दै अतिथि वक्ताहरूले नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्रको जुन ढंगले विकास हुनु पर्ने हो, त्यसरी हुन नसकेको उनीहरूले गुनासो गरेका छन् । नेपालको पर्यटन विकासले उचाइ चुम्न नसक्नुमा राज्यका सम्बन्धित निकायहरूको कमजोर व्यवस्थापन, नीतिगत अस्पष्टता, पूर्वाधार विकासको कमी, प्रशासनिक ढिलासुस्ती र सरकारले पर्यटन क्षेत्रको विकासलाइ महत्व नदिनु आदि मुख्य कारणले गर्दा नै पर्यटन उद्योगले गति लिन नसकेको उनीहरूले दाबी गरेका छन् ।
देशमा आइपर्ने हरेक खालका दैवी प्रकोप होस् या अन्य विभिन्न खालका विपदहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भने कै होटल तथा पर्यटन व्यवसाय हो भन्दै व्यवसायीहरूले वर्तमान अवस्थामा पनि त्यस प्रकारका समस्याहरूले निम्त्याएका असरहरूबाट यो क्षेत्र प्रभावित भइरहेको छ । वर्तमान विषम परिस्थितिमा पनि व्यवसायलाई जोगाइराख्न, राज्यलाई कर तिर्न, रोजगारी सिर्जना गर्न र सेवाको गुणस्तर कायम राख्न व्यवसायीहरू प्रतिबद्ध रहेको जनाइएको छ।
साधारणसभामा संघले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउँदै राज्यका सरोकारवाला निकायहरुसँगको सहकार्यमा व्यवसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै, युवा जनशक्तिलाई सीपमूलक तालिम मार्फत सक्षम बनाउँदै स्वदेश मै रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएको छ। त्यसैगरी कार्यक्रमको अन्त्यमा बागमती प्रदेश अन्तर्गत रहेका सबै १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हक हित, प्रवर्द्धन र विकासका लागि संघ एकताबद्ध भएर अघि बढ्ने निर्णय गर्दै संघको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।
काठमांडू : होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश की छठी साधारण सभा सफलतापूर्वक सम्पन्न हुई है। यह साधारण सभा सिंधुपाल्चोक जिÞले के सुंदर पर्यटक नगरी सुकुटे में इसी माघ 18 और 19 को आयोजित की गई। सिंधु सुकुटे पर्यटन व्यवसायी संघ के सह-आयोजन में सम्पन्न इस साधारण सभा के उद्घाटन सत्र के प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपाल के केंद्रीय अध्यक्ष दिनेश कुमार चुके थे, जिन्होंने कार्यक्रम का उद्घाटन किया। संघ के आयोजन में हुई इस साधारण सभा में प्रदेशभर के जिला संघों से उल्लेखनीय संख्या में प्रतिनिधि और पर्यवेक्षक उपस्थित रहे। बागमती प्रदेश के अंतर्गत आने वाले सभी 13 जिÞलों से आए होटल एवं पर्यटन व्यवसायियों की सहभागिता वाली इस सभा में वर्तमान समय में संपूर्ण पर्यटन व्यवसाय द्वारा झेली जा रही चुनौतियों, अवसरों और संभावनाओं पर गहन चर्चा की गई।साधारण सभा को संबोधित करते हुए अतिथि वक्ताओं ने कहा कि नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक और भौगोलिक विविधताओं से भरपूर देश होने के बावजूद पर्यटन क्षेत्र का जिस तरह से विकास होना चाहिए था, वह नहीं हो सका है। उन्होंने कहा कि नेपाल के पर्यटन विकास के अपेक्षित ऊँचाइयों तक न पहुँच पाने के पीछे संबंधित सरकारी निकायों का कमजोर प्रबंधन, नीतिगत अस्पष्टता, बुनियादी ढाँचे के विकास की कमी, प्रशासनिक ढिलासुस्ती और सरकार द्वारा पर्यटन क्षेत्र को पर्याप्त महत्व न दिया जाना प्रमुख कारण हैं, जिसके चलते पर्यटन उद्योग गति नहीं पकड़ पा रहा है।
व्यवसायियों ने यह भी कहा कि देश में आने वाली हर प्रकार की प्राकृतिक आपदाओं या अन्य विभिन्न संकटों से सबसे अधिक प्रभावित होने वाला क्षेत्र होटल एवं पर्यटन व्यवसाय ही है, और वर्तमान समय में भी ऐसे संकटों के प्रभाव से यह क्षेत्र प्रभावित हो रहा है। बावजूद इसके, मौजूदा विषम परिस्थितियों में भी व्यवसाय को बनाए रखने, राज्य को कर अदा करने, रोजगार सृजन करने और सेवा की गुणवत्ता बनाए रखने के प्रति व्यवसायी प्रतिबद्ध हैं।साधारण सभा में संघ ने पर्यटन क्षेत्र के विकास के लिए निजी क्षेत्र की भूमिका को और अधिक सशक्त बनाते हुए राज्य के संबंधित निकायों के साथ सहयोग में व्यावसायिक मर्यादा, गुणवत्ता और सेवाओं में सुधार करते हुए आगे बढ़ने की प्रतिबद्धता व्यक्त की। साथ ही, युवाओं को कौशल-आधारित प्रशिक्षण के माध्यम से सक्षम बनाकर देश के भीतर ही रोजगार के अवसर सृजित करने के लिए निरंतर प्रयास करने का संकल्प भी लिया गया। कार्यक्रम के अंत में बागमती प्रदेश के अंतर्गत आने वाले सभी 13 ज़िलों के होटल एवं पर्यटन व्यवसायियों के अधिकार, हित, प्रवर्द्धन और विकास के लिए संघ द्वारा एकजुट होकर आगे बढ़ने का निर्णय लेते हुए संघ की छठी साधारण सभा सम्पन्न हुई।